“अर्को सिजन च्याम्पियन्स लिग जित्न चाहान्छु”

नेमारले आफ्नो इच्छा पिएसजीमै रहने बताएका छन् र अब च्याम्पियन्स लिग जित्ने उनको मुख्य लक्ष्य रहेको उनले बताए।

ब्राजिलियन स्टार २०१९/२० सिजनको च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएका थिए तर पिएसजीलाई बायर्न म्युनिखले १-०ले हराउँदै उपाधि जितेको थियो।

उनले क्लब छोड्न सक्ने कुराहरु आउदै गर्दा नेमारले भने आफु क्लबमा रहने बताएका छन्। “म अर्को सिजन पिएसजीमै खेल्ने छु,” नेमारले पिएसजी ले म्याग संग कुरा गर्दै भने।

“म यहि हुने छु र फेरी च्याम्पियन्स लिगको फाइनलमा फर्कने मेरो लक्ष्य छ, यस पटक यसलाई जित्नको लागि। म यो क्लबको ईतिहासको पुस्तकमा आफ्नो नाम छोड्न सबै गर्न तयार छु।”