सबैलाई थाहा छ कि लियोनेल मेस्सी संसारको सबै भन्दा सर्वश्रेष्ठ खेलाडी हुन्, उनले एक राम्रो टोलीलाई ठूलो टीममा उचाल्न सक्छन् र उनले बार्सिलोनालाई प्रायः जीतको लागि मदत गर्दै आएका छन्- तर उनले जहिले एक्लै आफैं मात्र टिमलाई मदत गर्न सक्दैनन्।
बार्सिलोनामा अहिले त्यत्ति धेरै छैन जस्ले विपक्षीलाई डराउँदछ। लुइस सुआरेज ३३ वर्ष पुगेका छन् र प्रायः समय घाइते हुन्छन्, जबकि ग्रिजम्यानले अझै अपेक्षाहरू जस्तो खेलेका छैनन्।
Lionel Messi will consider LEAVING Barcelona next season if they don’t drastically improve | CaughtOffside https://t.co/hcwCXSCF3s
— Transfers Addict (@TransfersAddict) January 25, 2020
अझै हेर्ने हो भने बार्सिलोनाको मिडफिल्ड धेरै वर्ष पुगेका खेलाडीहरूले भरिएको छ जसले बल पोजिसन राख्दछन तर आक्रमणमा राम्रो भने हुन नसकेको देखिन्छ।
मेस्सी अब ३३ वर्ष पुग्ने छन्, पक्कै पनि उनले क्लबलाई एक्लै मदत गर्न सक्दैनन्, र डन बलनको एक रिपोर्टले सुझाव दिएको छ कि उनले अर्को सिजन क्लब छोड्ने विचार गर्दै छन् येदि क्लबले ठूला सुधारहरू नगरेन हो भने।
Quique Setién: “Maybe we lacked a bit of success in the first half. We have done many things well, little by little I hope to improve.” pic.twitter.com/UQwFeV2Qh6
— barcacentre (@barcacentre) January 19, 2020
खबर यो पनि छ कि उनि नयाँ कोच क्विक सेटीनको आगमनले पनि धेरै प्रभावित छैनन्, त्यसैले उनि नयाँ व्यवस्थापक पनि चाहान्छन।
उनको लागि विकल्पहरू रुपमा धेरै ठाउँहरु रहेको छ अर्जेन्टिना, एमएलएसमा इन्टर मियामी वा म्यान सिटीमा पेप गार्डियोलासँग पुनर्मिलन उनको केहि छनोट हुन सक्छ।