अर्को सिजनको अन्त्यमा लियोनेल मेस्सीले बार्सिलोना छोड्ने

लिओनेल मेस्सी अर्को सीजनको अन्त्यमा बार्सिलोना छोड्ने अपेक्षा गरिएको छ, स्पेनको एउटा रिपोर्ट अनुसार क्लबका सबै समयका शीर्ष स्कोरर ‘क्लबमा जित्ने परियोजनाको अभाव’ बाट असन्तुष्ट छन् ।

क्लबका सुपर स्टारको सम्झौताको म्याद अर्को वर्ष सकिने छ तर उनले सुरुमा एउटा नयाँ सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको थियो जस्ले उनलाई क्लबमा कम्तिमा २०२३ सम्म राख्ने थियो ।

खबर अन्यसर खेलाडीले अब आफ्नो मन परिवर्तन गरेका छन् र सम्झौता समाप्त भएपछि बार्सा छोड्ने छन् । क्लबको घट्दो प्रदर्शन र अरु कुराहरुमा आफु माथि दोष परेको कारण उनि क्लबबाट खुसी नरहेको कुरा आएको छ।

यस सीजनको शुरूआतमा मेस्सी र समग्रका खेलाडीहरूलाई एरिक अबिडलले प्रबन्धक अर्नेस्टो भाल्भर्डेको प्रस्थानको लागि दोष दिएका थिए।

हाल बार्सा ला लिगामा पनि रियल भन्दा पछि परेको छ।

बार्साको लागि समस्याहरू पिचबाट बाहिर बाट पनि आएको छ कोरोनाभाइरसको कारण क्लबको अर्थव्यवस्थामा पनि समस्या परेको छ , खेलाडीहरूले७०% सम्म तलब कटौती लिइरहेका छन्।