अर्को वर्ष लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकै टिमबाट खेल्न सक्ने

लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो अर्को वर्ष युभेन्टसमा सँगै खेल्न सक्छन् – यदि मेस्सीले बार्सिलोना छोड्ने कुरा सही साबित हुने हो भने।

मेस्सीले क्लब छोड्ने सम्भावना धेरै बढेको देखिन्छ कारण उनको वर्तमान बार्सा खेल निर्देशक एरिक अबिदाल बीचको विवाद।

यो स्थितिको फाइदा लिंदै मेस्सी साइन गर्न इच्छुक क्लब युभेन्टस पनि रहेको छ, जहाँ क्रिस्टियानो रोनाल्डो खेल्दै छन्।

रोनाल्डो आफैंले पनि २०१६ मा मेस्सीसँग खेल्ने बारे कुरा र उनले बताए साझेदारीले काम गर्न सक्छ। “हामी दुबैलाई एकै टोलीमा देख्नु चाखलाग्दो हुनेछ,” मिररअनलाइनलाई उनले भनेका थिए।

बार्सिलोनामा हाल मेस्सीको अवस्थामा धेरैले आफ्नो चासो दिएका छन् र उनलाई साइन गर्ने प्रयास गर्ने खबरहरु आएको छ।

उनि माथि चासो राखेका अरु क्लब पिएसजी, म्यानचेस्टर सिटी,म्यान्चेस्टर युनाइटेड, इन्टर मिलान हो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ