“अर्को वर्ष रोनाल्डोलाई पुर्व क्लबमा जान आग्रह गर्ने छु”

TURIN, ITALY - FEBRUARY 02: Cristiano Ronaldo of Juventus looks on during the Serie A match between Juventus and Parma Calcio at Allianz Stadium on February 02, 2019 in Turin, Italy. (Photo by Tullio M. Puglia/Getty Images)

जुभेन्टसका सुपर स्टार  क्रिस्टियानो रोनाल्डोकी आमाले उनलाई स्पोर्टिंग सिपीमा फर्काएर घर ल्याउने आफ्नो लक्ष्य रहेको उनले स्विकारिन्। म्यानचेस्टर युनाइटेडमा जानु भन्दा अगाडी रोनाल्डोले २००३मा स्पोर्टिंग सिपी सँग आफ्नो फुटबलको व्यावसायिक जीवन सुरु गरे।

इटालीमा रोनाल्डोको फम अहिले पनि निकै राम्रो रहेको छ भने युभेन्टस सम्झौतामा १ वर्ष बाँकी हुँदा उनको नयाँ गन्तव्य बारे धेरै चर्चा हुन सुरु भएको छ।

र स्पोर्टिंग सिपी २०२१-२२को च्याम्पियन्स लिगको तयारीमा रहेको बेला सुपर स्टार क्रिस्टियानो रोनाल्डोकी आमाले प्रशंसकहरूलाई युरोपेली च्याम्पियन रोनाल्डोलाई पोर्चुगलको प्राइमिरा लीगामा फिर्ता ल्याउन खोज्ने बताइन्।

“म ऊ सँग कुरा गर्छु र उसलाई अर्को वर्ष स्पोर्टिंग सिपीमा फर्कने कुरामा मनाउन चाहन्छु,” क्रिस्टियानो रोनाल्डोकी आमा डोलोरेसले भनिन्।

“उसलाई अलाभाडे स्टेडियममा जान र स्पोर्टिंगको जर्सी लगाउन आग्रह गर्ने छु।”