“अर्को वर्ष रियल म्याड्रिडले एम्बाप्पे र हालाण्ड दुवैलाई साइन गर्ने छ”

ला लिगाका अध्यक्ष जेभियर टेबासले रियल म्याड्रिडको आर्थिक स्थिति हाल बलियो रहेको दाबी गरेका छन् भने रियलले आउँदो समयमा एम्बाप्पे र हालाण्डलाई साइन गर्न सक्ने उनको विश्वास रहेको छ। रोनाल्डो र मेस्सी जस्ता खेलाडीहरूले आफ्नो क्लब छोडे पछि ला लिगामा सुपरस्टार खेलाडीहरूको कमी रहेको धेरैको विश्वास छ तर त्यो ठाउँ रियल म्याड्रिडले भर्ने ला लिगाका अध्यक्ष जेभियर टेबासको विश्वास रहेको छ।

रियल म्याड्रिडले एम्बाप्पे र हालाण्ड दुवैलाई साइन गर्न सक्ने जेभियर टेबासले दाबी गरेका छन्।

“म्याड्रिडले २०० मिलियन यूरोमा खेलाडी बेचेको छ,” उनले सोमबार भने। “रियल सँग पैसा छ र एम्बाप्पे र हालाण्ड दुवैलाई सँगै हस्ताक्षर गर्न रियल सक्षम छ।

“रियलले पैसा गुमाएका छैनन् र यसको माथि उनीहरूले राम्रो सँग ट्रान्सफर मार्केटबाट रकम जम्मा गरेको छ। मैले के बुझ्न सकिन भने कि एक क्लब (पिएसजी) जसले ४०० मिलियन गुमाएको छ, ५०० मिलियन तलब खर्च छ कसरी एम्बाप्पेको लागि आएको प्रस्ताव अस्वीकार गर्न सक्छ।

“फ्रान्समा (वित्तीय) नियन्त्रणका नियमहरु असफल भइरहेका छन्, यसले युरोपेली बजारलाई नोक्सान गरिरहेको छ। यूईएफए प्रणाली गलत छ। हामीले लगानी ल्याउनु पर्छ, तर निरन्तर घाटा सँग असीमित लगानी हुँदैन। अन्य क्षेत्रहरूमा यो अनुमति हुँदैन।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ