अर्को वर्ष युभेन्टस च्याम्पियन्स लिगमा पुग्न असफल भए रोनाल्डोले क्लब छोड्ने

TURIN, ITALY - FEBRUARY 02: Cristiano Ronaldo of Juventus looks on during the Serie A match between Juventus and Parma Calcio at Allianz Stadium on February 02, 2019 in Turin, Italy. (Photo by Tullio M. Puglia/Getty Images)

यो वर्ष युभेन्टस सिरी ए जित्न असफल हुने निश्चित भएको छ भने हाल युभेन्टस लिगको पाँचौँ स्थानमा रहेको छ।

१० वर्षमा पहिलो पटक लिग जित्न असफल भए पछि युभेन्टस हाल धेरै दबाबमा रहेको छ। लिगमा हाल युभेन्टस पाँचौँ स्थानमा रहेको छ र अर्को सिजन च्याम्पियन्स लिग खेल्न युभेन्टसलाई लिगमा शीर्ष ४ भित्र पर्न जरुरी छ र अब लिगमा युभेन्टस सँग मात्र ५ खेल खेल्न बाँकी रहेको छ।

च्याम्पियन्स लिगमा क्वालिफाइ हुन असफल भए क्लबलाई निकै ठुलो धक्का पुग्ने छ। क्लबहरूलाई च्याम्पियन्स लिगको ठाउँ निकै महत्त्वपूर्ण हुन्छ र युभेको यसमा कुनै अपवाद छैन। हाल खबर अनुसार युभे अर्को सिजन च्याम्पियन्स लिगमा पुग्न असफल भए क्लबका सुपरस्टार रोनाल्डोले क्लब छोड्ने छन्।

खबर अनुसार युभेन्टस च्याम्पियन्स लिग खेल्न असफल रहे रोनाल्डोले क्लब छोड्ने छन् र उनी पिएसजी वा म्यान्चेस्टर युनाइटेड जान सक्ने हाल धेरै चर्चा हुँदै छ।

च्याम्पियन्स लिग र रोनाल्डोलाई गुमाउनु युभेन्टसको लागि ठुलो घाटा हुने छ। च्याम्पियन्स लिग कुनै पनि क्लबको आर्थिक अवस्थाको लागि निकै महत्त्वपूर्ण रहेको छ भने रोनाल्डोको प्रस्थानले पनि क्लबलाई ठुलो असर गर्ने छ।