अर्को वर्ष यी दुई युवा स्टार भित्राउने रियलको योजना

हाल ला लिगा क्लब रियल म्याड्रिड ट्रान्सफर विन्डोमा निष्क्रिय रहेको छ तर २०२२मा दुई युवा स्टार साइन गर्ने रियलको योजना हुने जानकारी छ। खबर अनुसार २०२२मा बोरुसिया डर्टमन्डका युवा स्टार अर्लिङ हालाण्डलाई साइन गर्ने रियल म्याड्रिड योजना रहेको छ।

हाल महामारीको कारण क्लबहरू जटिल आर्थिक समस्यामा रहेको छ जसको कारण क्लबहरूले धेरै खर्च गरेको छैन र स्पेनिस क्लब रियल म्याड्रिड पनि ट्रान्सफर विन्डोमा निष्क्रिय रह्यो तर खबर अनुसार रियलले २०२२मा हालका दुई युवा प्रतिभा हालाण्ड र एम्बाप्पे साइन गर्ने योजना बनाएको छ।

फ्रेन्च युवा स्टार किलियन एम्बप्पेले पिएसजी सँग अहिले सम्म सम्झौता विस्तार गरेका छैनन् भने उनको लक्ष्य ला लिगा क्लब रियल म्याड्रिडमा खेल्ने रहेको जानकारी छ। रियलले पनि उनलाई भित्राउने आफ्नो इच्छा स्पष्ट गर्दै आएको छ भने बोरुसिया डर्टमन्डका सुपरस्टार अर्लिङ हालाण्ड पनि रियलको निसानामा रहेको खबर छ।

खबर अनुसार २०२२मा हालाण्डलाई म्याड्रिडमा भित्राउने रियलको योजना छ र सो बारे रियल र डर्टमन्ड बिच सम्पर्क भएको पनि जानकारी छ। सो समयमा एम्बाप्पेको पिएसजी सँग सम्झौता हुने छ जसको मतलब उनलाई रियलले फ्री एजेन्टमा साइन गर्न सक्ने छ।