अर्को वर्ष डर्टमन्डका स्टार म्यान युनाइटेडको प्राथमिकता हुने

यो ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले राम्रो ट्रान्सफरहरू गरेको छ। स्टार डिफेन्डर भरान, स्टार विंगर सान्चोको साथमा आफ्नो पूर्व स्तर रोनाल्डोलाई युनाइटेडले साइन गरेको छ भने अर्को वर्षको लागि युनाइटेडले अहिले देखि योजना बनाएको जानकारी छ।

खबर अनुसार अर्को वर्षको ट्रान्सफर विन्डोमा म्यानचेस्टर युनाइटेडले बोरुसिया डर्टमन्ड स्टार खेलाडी अर्लिङ हालाण्डलाई आफ्नो मुख्य प्राथमिकता बनाउने छ। खबर अनुसार २०२१/२२को सिजनको अन्त्य पछि डर्टमन्डका स्टार स्ट्राइकरको रिलिज क्लज सक्रिय हुने छ र उनको रिलिज क्लज रकम मात्र £६८ मिलियन हुने छ।

चेल्सी, म्यानचेस्टर सिटी, रियल म्याड्रिड र बार्सिलोना जस्तो क्लबहरूको नाम उनी सँग जोडिएको बेला म्यान युनाइटेडले उनलाई आफ्नो प्राथमिकता बनाउने जानकारी छ।

हालाण्ड हाल फुटबलको एक सुपर स्टार मध्ये एक रहेका छन्। डर्टमन्डमा उनको निकै उत्कृष्ट प्रदर्शन रहेको छ भने यो सिजन उनले डर्टमन्डमा ४१ खेलमा ४१ गोल गरेका छन् भने उनले १२ असिस्ट पनि प्राप्त गरेका छन्। उनलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहेको बेला म्यानचेस्टर युनाइटेडले उनलाई साइन गर्न पूर्ण प्रयास गर्ने खबर छ।