अर्को वर्षको च्याम्पियन्स लिगमा युनाइटेड छनोट हुन असफल भए रोनाल्डोले क्लब छोड्न सक्ने

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको लागि छनोट हुन नसकेमा एक सिजनपछि नै स्टार खेलाडी रोनाल्डोले क्लब छोड्न सक्ने खबर छ। टोडो फिचाजेसका अनुसार, पोर्चुगलका सुपर स्टार रेड डेभिल्ससँग युरोपा लिगमा खेल्न “अनिच्छुक” हुने छन् र उनका एजेन्ट जर्ज मेन्डेस अन्य धेरै क्लबहरू सँग सम्पर्कमा रहेको पनि खबर छ।

सिजन सुरु हुनु अगाडी रोनाल्डो म्यानचेस्टर युनाइटेडमा फर्केका थिए र क्लबमा उनको खेल राम्रो रहे पनि हाल युनाइटेडको फम निकै खराब रहेको छ।

पछिल्लो लिग खेलमा चिर प्रतिद्वन्द्वी क्लब सिटी सँग युनाइटेडले २-०को हार बेहोरेको थियो भने लिभरपुल सँग लज्जास्पद ५-०को हारको पनि युनाइटेडले सामना गरेको थियो।

हाल लिगमा ११ खेलमा ५ जित ४ हार र २ बराबरीको साथ युनाइटेड छैटौँ स्थानमा रहेको छ भने अर्को वर्ष पनि च्याम्पियन्स लिगमा खेल्न युनाइटेडले लिगमा शीर्ष ४मा स्थान सुरक्षित गर्नु पर्ने हुने छ वा यो वर्ष च्याम्पियन्स लिग वा युरोपा लिग जित्ने पर्ने हुने छ। च्याम्पियन्स लिगमा भने ४ खेलमा २ जित र १ हार र बराबरीको युनाइटेड आफ्नो ग्रुपको शीर्ष स्थानमा रहेको छ।

हाल युनाइटेडको खराब होम फम चलिरहेको छ र चाडै युनाइटेडले आफ्नो प्रदर्शन सुधार नगरे लिगमा आफ्नो स्थान सुधार गर्न युनाइटेडलाई धेरै गाह्रो हुने जसको कारण अर्को वर्षको च्याम्पियन्स लिगमा छनोट हुन युनाइटेडलाई गाह्रो हुन सक्ने छ र रोनाल्डो च्याम्पियन्स लिगलाई धेरै दिने गर्छन्।