एयेर सेल्टिकबाट ब्रेन्ट्फोर्डमा अनुबन्धित

एजेन्सी, ब्रेन्ट्फोर्डले सेल्टिकको डिफेन्डर क्रिस्टोफर एयरलाई अनुबन्ध गरेको छ । उनी १३.५ मिलियन पाउन्डमा सेल्टिकबाट ब्रेन्ट्फोर्डमा अनुबन्धित भएको हो ।

प्रिमियर लिगमा नवप्रवेश गरेको ब्रेन्ट्फोर्डले आगामी सिजनका लागि नया डिफेन्डर भित्र्याउदै ट्रान्सफरको सुरुवात थालेको हो ।

गत महिनाको सुरुवात देखि सेल्टिक छोड्ने मनशाय बनाएको एयेरलाई अनुबन्ध गर्न न्युक्याशल युनाईटेड, नर्विच सिटि र बायर लेभर्कुजेन लागेको थियो ।

त्यस्तै, ब्रेन्ट्फोर्डले अर्को खेलाडी फ्रान्क अनयेकालाई पाँच बर्षको लागि अनुबन्धित गरेको छ । डेनिस क्लब एफसी मिटिल्यान्डबाट अनुबन्ध गरेका हुन। उनिलाइ भित्र्याएसंगै यो क्लबको दोश्रो अनुबन्ध हो ।

प्रिमियर लिग अन्तर्गत ब्रेन्ट्फोर्डले पहिलो खेल अगस्ट १३ मा आर्सनलसंग भिड्ने छन ।