अम्पायरलाई बलले हाने पछि नोवाक जोकोविच डिस्क्वालिफाई

पाब्लो क्यारेनो बुस्टा बिरुद्ध अन्तिम १६को खेलको क्रममा क्रोधमा नोवाक जोकोविचले खेल न्यायाधीश तर्फा बल हिर्काउँदा बलले न्यायाधीशको घाँटीमा लग्न पुगेको थियो र सो पछि नोवाक जोकोविच युएस ओपनबाट डिस्क्वालिफाई भएका छन्।

सर्बियाली स्टार खेलको पहिलो सेटमा ५-६ ले पछि परेको थिए उनले आक्रोशमा बल हाने तर दुर्भाग्यवश सो बलले न्यायाधीशलाई लागेको थियो।

उनले बल जानाजानी न्यायाधीशलाई नहानेको उनको दावी छ र उनले माफी पनि मागेका छन् तर पनि उनि प्रतियोगिताबाट डिस्क्वालिफाई भएका छन्।

उक्त घटनाले सामाजिक संजालमा धेरै चर्चा पाएको छ धेरैले उनको आलोचना गरेका छन् भने केहिले उनको पक्षमा बोलेका छन् र सो मात्र घटना संयोग रहेको भनेर भनेका छन्।