रसियाका राष्ट्रपति पुटिनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले निकै ठट्यौली शैलीमा भने, ‘आगामी २०२० चुनावमा हस्तक्षेप नगर्नुहोस्। यस अघिको सन् २०१६ को अमेरिकी चुनावमा रुसको हस्तक्षेप रहेको ठोस प्रमाण सार्वजनिक भएपछि यी दुई राष्ट्रपतिको यो पहिलो भेट हो।
आगामी चुनावलाई लक्षित गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले मुस्कुराउँदै रुसी राष्ट्रपति पुटिनलाई हस्तक्षेप नगर्न भनेका हुन् । ट्रम्पले यस्तो भन्दा रुसी राष्ट्रपति पुटिन पनि हाँसेका थिए ।
पत्रकार सम्मेलनमा एक पत्रकारले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सोधेका थिए, ‘तपाइँ आगामी चुनावमा पुटिनलाई हस्तक्षेप नगर्न भन्नुहुन्छ?,’ जवाफमा राष्ट्रपति ट्रम्पले मुस्कुराउँदै भने, ‘म जरुर भन्छु ।’