अमेरिकी क्लबमा साइन गरे पछि आफ्नो यूरोपियन सपना समाप्त भएको भन्दै भावनात्मक हर्नान्डेजले आफ्नो बुबालाई फोन गरे (VIDEO)

जेभियर हर्नान्डेजले एलए ग्यालेक्सीमा संग आफ्नो स्थानान्तरण पूरा गरेका छन।

३१ बर्षेका खेलाडीले सेभिल्लामा यस सिजनको पहिलो आधा खेल तर हाल उनि एमएलएस मा आएका छन्, उनले ला लिगामा १५खेल मात्र खेले।

उनले तीन बर्षे सम्झौतामा हस्ताक्षर गरे जस्ले उनलाई अमेरिकामा सबैभन्दा धेरै तलब पाल्ने खेलाडी बनाउँदछ र अर्को महिना लिगको नयाँ सिजन किक-अफ हुनेछ।

यो कदम पुरा गर्नु अघि, हर्नान्डिजले आफ्नो बुबालाई उनको अर्को क्यारियर नयाँ चरणको व्याख्या गर्दै फोन गरे।

उक्त क्रममा उनि धेरै भावनात्मक भएको देखिन्छ, भिडियो हेर्नु होस्:-

“यो लगभग निश्चित छ, म एलए जाँदैछु। सबै कुरा ठिक छ बुबा, यो मेरो रिटायरमेन्टको सुरूवात जस्तो भएको छ तपाईंलाई थाहा छ?” मेक्सिकन फर्वार्डले भने।

” मेरो युरोपियन सपना समाप्त हुँदै छ।

“मैले भन्न खोजेको कुरा के हो भने हामीले मेरो क्यारियरलाई अलविदा गरिरहेका छौं जस्मा हामीले धेरै मेहनत गरेका छौं। मलाई थाहा छ कि तपाईले यो महसुस गर्नु भएको छ र हामीले यसको राम्रो पक्षमा हेर्ने हो भने यो समय पनि राम्रो नै छ।