अमेरिका फुटबल फेडेरेसनद्वारा मेस्सीलाई जरिवाना

लियोनेल मेस्सीलाई कोपा अमेरिका फुटबल फेडेरेसनले जरिवाना गरेको छ । हालै सम्पन्न कोपा अमेरिका प्रतियोगिताको बारेमा अनुचित कमेन्ट गरेको भन्दै मेस्सीलाई १५ सय अमेरिकी डलर जरिवाना गरेको फेडेरेसनले जनाएको छ ।

मेस्सीले तेस्रो स्थानका लागि भएको चिलीविरुद्धको खेलमा रातो कार्ड समेत पाएकाले सो बापत एक खेलमा स्वत: प्रतिबन्ध समेत लागेको छ ।

रातो कार्ड पाएर मैदान छोडेका मेस्सीले मेडल वितरण कार्यक्रम समेत बहिष्कार गरेका थिए ।

मेस्सीले सेमिफाइनलमा ब्राजिलसँग पराजित भएपछि ब्राजिललाई कोपा जिताउन सबै सेट गरेको आरोप लगाएका थिए । उनले कोपाको आयोजना अव्यवस्थित भएको, खेल्ने मैदान राम्रो नभएको भन्दै रेफ्रीको निर्णयमा समेत प्रश्न उठाएका थिए । मेस्सीले यस्तो अनियमितता हुने प्रतियोगितामा आफु सहभागी नहुने समेत बताएका थिए ।

मेस्सीको सो कमेन्टपछि कोपा फेडेरेसनले आपत्ति जनाउदै मेसीको भनाई अपमानजनक भएको बताएको थियो ।