अमेरिका टुरमा लिभरपुल जित बिहिन

अमेरिका टुरमा रहेको लिभरपुलले बिहिवार बिहान भएको खेलमा पोर्टुगिज क्लब स्पोर्टिङ सिपि संग बराबरी खेलेको छ ।

खेलमा पहिलो स्पोर्टिङ सिपिले अग्रता लिएको थियो । ४ औ मिनेटमा ब्रुनो फर्नाडेजले गोल गरेको थियो । त्यसै गरि लिभरपुलका ओरिगीले २० औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्यायो । ४४ मिनेटमा लिभरपुलका वाइनाल्डमले गोल गर्दै खेल लिभरपुललाई अग्रता दिलायो ।

दोस्रो हाफको ५३ मिनेटमा स्पोर्टिङका वेन्डेलले गोल गर्दै खेल बराबरीमा ल्यायो र अरु कुनै गोल नहुद खेल बराबरी मै सकियो ।

यो बराबरी संगै लिभरपुल अमेरिका टुरमा जित बिहिन रहेको छ ।