सन्दीप लामिछानेका मुख्य वकिल अमेरिका जाने भएका हुन्। अमेरिकामा हुन लागेको अन्तर्राष्ट्रिय बार एसोसियनको सम्मेलनमा की नोट स्पिकरका रुपमा उनी अमेरिका उड्न लागेको हो।
अन्तर्राष्ट्रिय बार एसोसिएसनको सम्मेलन अमेरिकाको फ्लोरिडामा हुन लागेको हो। कोभिडका कारण २०२० मा हुने तय भएको सम्मेलन स्थिगित भएको थियो। फ्लोरिडास्थित मायमीमा बिशाल सम्मेलन भएकाले पनि आफुलाई जानैपर्ने बाध्यतात्मक अबस्था सिर्जना भएका उनले बताएका छन्।
प्रत्येक देशबाट १२ सदस्य रहने अन्तर्राष्ट्रिय बार एसोसिएसनको सरोज कृष्णकै शब्दमा महासम्मेलनमा भाग लिन उनले अमेरिका जाने तय भएको हो। उनलाई सो सम्मेलनमा वक्ताका रुपमा आमन्त्रण गरिएकाले पनि जानैपर्ने बाध्यात्मक अबस्था सिर्जना भएको हो। अन्तर्राष्ट्रिय बार एशोसिएसनमा स्पिकरका रुपमा बोल्ने सौभाग्य कमैले मात्र प्राप्त गर्दछन्।
६महिना अघि देखिकै निश्चित कार्यक्रम भएकाले पनि आफुले जानैपर्ने बाध्यता रहेको उनले बताए । वक्ताकै रुपमा ६महिना अघि निर्णय गरेकाले जान पाएकोमा आफु हर्षित रहेको जानकारी दिएका हुन्।
सन्दीप प्रकरणमा टिम इफोर्ट भएकाले कुनै फरक नपर्ने उनले बताएका छन्। आफ्ना अध्ययनबाट निस्केका निष्कर्ष मान्यता र विधिशास्त्रहरु आफुले लिपिबद्ध रुपमा प्रस्तुत गरेको बताएका छन्। सन्दीप निर्दोष भएकाले पनि उनी उम्किनेमा आफुहरु ढुक्क रहेको बिश्वास व्यक्त गरेका छन्।