अमेरिकालाइ गोल्ड कपको उपाधि

एजेन्सी, कोन्काकफ गोल्ड कप अन्तर्गत फाइनल खेलमा संयुक्त राज्य अमेरिकाले मेक्सिकोलाई हराउदै सातौं पटक गोल्ड कप उपाधी जितेको छ ।

निर्धारित समयमा दुबै टोलिबाट गोल नहुदा खेल अन्तिरिक्त समय तर्फ धकेलिएको थियो ।

एट्लान्टा युनाईटेडला डेफेन्डरले खेलको ११८ औं मिनेटमा गोल गर्दै खेलमा १-० गोलको अग्रता दिलाए ।

सोही,गोलनै खेलको निर्णायक गोल बन्न पुग्यो र अमेरिकाले सातौं पटक जित्न सफल रह्यो ।

खेलमा मेक्सिकोले राम्रो सुरुवात गरे पनि नतिजा ल्याउन नसक्दा हार निश्चित भयो ।

पहिलो हाफमा रोगिलिओ फुनेस मोरिको हेडर अमेरिकी गोलकिपर म्याट टर्नरले उत्कृष्ट बचाउ गरे ।

यस्तै, खेल अवधी भरी पोसेसन बनाए पनि हार तार्न सकेन ।