अमेरिकामा क्यारिबियन लिग खेल्न जाने प्रक्रियामा रहेका सन्दीप लामिछानेको भिसा अस्वीकार

अमेरिकामा क्यारिबियन लिग खेल्न जाने प्रक्रियामा रहेका सन्दीप लामिछानेको भिसा अस्वीकार भएको छ। सन्दीप लामिछाने आफ्नो भिसा अस्वीकार भएको गुनासो ट्वीटरमा लेखे र उनले ट्वीटमा नेपालका प्रधानमन्त्री र अमेरिकी दूतावासलाई मेन्सन गरे।

सन्दीप लामिछाने अमेरिकामा क्यारिबियन लिग २०१९ खेल्न जाने प्रक्रियामा रहेका थिए तर अमेरिकी दूतावासले उनको भिसा अस्वीकार गरेको सन्दीपको दाबी छ।

२०१६ देखि ठुलो अन्तर्राष्ट्रिय लिगहरु खेलिसकेका सन्दीप लामिछाने आफ्नो भिसा अस्वीकृत हुँदा आफु अचम्म भएको उनले ट्वीटरमा लेखे। उक्त प्रक्रियाको लागि आवश्यक सबै कागजात बुझाउँदा पनि आफ्नो भिसा अस्वीकृत भएको उनको दाबी छ।