अमेरिकामाथि नेपालको शानदार जित

नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य ५.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

यसअघि नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनमै अलआउट गरेकोथियो।

एकदिवसीय क्रिकेटमा सबैभन्दा कम स्कोरको नकारात्मक कीर्तिमानलाई अमेरिकाले बराबार गरेको छ । यसअघि २००४ मा श्रीलंकाले जिम्बाबेलाई हरारेमा ३५ रनमै अल आउट गरेको थियो ।

बुधबार त्रिवि क्रिकेट कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गरेपछि अमेरिका १२ ओभरमा ३५ रनमै अलआउट भयो।

अमेरिकाले तीन खेल हारिसकेको छ । त्यसमा दुई खेल ओमानसँग छ । ओमानसँग दुवै खेल हारेको नेपालले अमेरिकासँगको खेलमा ३५ रनको जित पाएको थियो ।

अमेरिकासँग दोस्रो खेलमा पनि जित हात पार्दै नेपाल सन्तोषजनक नतिजासाथ त्रिकोणात्मक शृंखला टुंग्याउने तयारीमा छ । अमेरिका भने पहिलो जित हात पार्न व्यग्र छ ।

@Kantipur