अमेरिकन लिगमा पोर्चुगीज स्टार नानीको यस्तो उत्कृष्ट गोल

पोर्चुगीज स्टार नानी हाल अमेरिकन लिग एमएलएसमा ओर्लान्डो सिटीबाट खेल्दै छन् र उनको प्रदर्शन हाल निकै राम्रो रहेको छ। शुक्रवार भएको ओर्लान्डो सिटी र इन्टर मायामी बिचको फ्लोरिडा डर्बीमा उनले निकै उत्कृष्ट गोल गरे र हाल उक्त गोलको भिडियो भाइरल हुँदै गएको छ।

खेलमा १ गोलले पछि रहेको समयमा ओर्लान्डोका क्रिस मुलरले ७३औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा लागेका थिए भने ८० औँ मिनेटमा डि-बक्स बाहिरबाट पूर्व म्यानचेस्टर युनाइटेड स्टारले निकै उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।

डि-बक्स बाहिरबाट नानीले निकै शक्तिशाली प्रहार गरे जसलाई रोक्न गोलकिपरको लागि असम्भव रह्यो र नानीले निकै उत्कृष्ट गोल गरे।

उक्त गोलको मद्दतमा फ्लोरिडा डर्बीमा ओर्लान्डो सिटीले जित निकाल्यो भने हाल नानीको गोलको भिडियो धेरै भाइरल हुँदै गएको छ।