अभागी ब्राजिल भेनेजुएला बिरुद्ध बराबरी

कोपा अमेरिका २०१९ मा ब्राजिल दोस्रो खेलमा भेनेजुएलासँग बराबरीमा रोकिएको छ । बुधबार विहान भएको समूह ए अन्र्तगतको खेलमा ब्राजिल भेनेजुएलासँग बराबरीमा रोकिएको हो । आफ्नो स्टार खेलाडी नेयमार बिनानै मैदान उत्रिएको ब्राजिलले खेलभर उत्कृष्ठ खेल देखाउ सकेन ।

पहिलो हाफ बराबर खेलेको ब्राजिलले दोसो हाफको ६१ मिनेटमा जेजसको गोल अफसाइड भनेर रेफरीले झणडा उथायो । त्यस्तै खेलको ८५ मिनेटमा कौटिन्होले गोल गरे सो गोल पनि अफसाइड भन्दै रेफरीले गोल दिएन । दोस्रो हाफमा पनि कुनै टोलिले गोल गर्न नसके पछि खेल गोल रहित बराबरीमा सकियो । खेल अबधिभर कूल १६ प्रहार गरेको ब्राजिलले १ प्रहार मात्रै टार्गेटमा लगाएको थियो ।

यो बराबरीसँगै २ खेलमा एक जित र एक बराबर गर्दै ब्राजिल ४ अंक संगै तालिकाको पहिलो स्थानमा यथावत छ । भेनेजुएला भने २ खेलबाट २ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।