अब १० गोल पछि रोनाल्डोले बनाउने छन् यस्तो ठुलो कीर्तिमान

युभेन्ट्सका स्टार फर्वाड क्रिस्टियानो रोनाल्डोले फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्न मात्र १० गोल बाकी रहेकोे छ ।

गए राती भएको सिरि ए को खेलमा रोनाल्डोले दुई गोल गर्दै सो कीर्तिमान नजिक पुगेका हुन् ।

शीर्ष स्थानमा ब्राजिलका लेजेन्ड पेले (७६७ गोल) रहेका छन् भने दोस्रो स्थानमा रहेकोे रोनाल्डोले हाल सम्म ७५८ गोल गरेका छन् ।