“अहिले रियल म्याड्रिडको नम्बर १ गोलकिपर को हो भनेर स्पष्ट छ”- थिबाउट कोर्टियस

रियल म्याड्रिडका गोलकिपर थिबाउट कोर्टियस आफ्नो प्रि-सिजनको प्रदर्शनले आफु खुसि रहेको बताएका छन्। बेलजीयन गोलकिपर थिबाउट कोर्टियस आफु निकै राम्रो फोममा रहेको बताए र आउँदो सिजनको लागि आफु मेहनत गर्दै गरेको बताए।

“मलाई लाग्छ कि अहिले रियल म्याड्रिडको नम्बर १ गोलकिपर को हो भनेर स्पष्ट छ, म धेरै राम्रो र बलियो महसुस गर्दै छु” उनले बताए

“प्रि-सिजनको खेलहरु मेरो लागि निकै राम्रो भयो, मैले राम्रो संग प्रशिक्षण गरे”