अब युरोपा लिग पनि च्याम्पियन्स लिग जतिकै रोमान्चक हुने

युइएफए च्याम्पियन्स लिग र त्यसपछिको प्रतियोगिता युरोपा लिगको स्तर अब लगभग बराबर हुने भएको छ ।

तर स्मरणरहोस, च्याम्पियन्स लिग प्रतियोगिता युरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो ।

बार्सिलोना, एट्लेटिको म्याड्रिड, आयाक्स, सेभिया र युभेन्ट्स पनि युरोपा लिगमा खेल्ने भएको छ ।

यी सबै क्लबहरु च्याम्पियन्स लिगमा तेस्रो स्थान हासिल गर्दै युरोपा लिगमा झर्ने भएको हो । यी क्लबहरुको आगमनले युरोपा लिगको स्तर पक्कै पनि बद्ने छ ।

गए राती भएको खेलमा बार्सिलोना आफ्नो घरेलु मैदानमै बायर्न म्युनिखसंग ३-० ले हारेको थियो र त्यसै समुहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई ४-० ले हराएपछि बार्सिलोनाको च्याम्पियन्स लिगको यात्रा टुंगिएको हो ।

त्यस्तै मंगलबार राती भएको खेलमा युभेन्ट्सले बेन्फिकाबिरुद्ध ४-३ को हार बेहोरेपछि युभेन्ट्स पनि च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यद्यपि, च्याम्पियन्स लिग समुह चरणको अन्तिम खेल अझै बाकि नै छ त्यस खेलमा उपयुक्त नतिजा नआए युभेन्ट्स युरोपा लिगमा पनि पर्ने छैन ।

युरोपा लिगमा म्यान्चेस्टर युनाइटेड, आर्सनल, रोमा जस्ता क्लबहरु रहेका छन ।

अब युरोपा लिग हेर्न पनि उत्तिकै रोमान्चक हुने देखिन्छ ।