“अब म कहिल्यै जर्मनीमा फर्किने छैन”

मेसुत ओजिलले फेरी जर्मनीबाट राष्ट्रिय टिमबाट कहिल्यै नखेल्ने स्पष्ट गरे २०१८को विश्वकप पछि उनले राष्ट्रिय टिमबाट रिटायरमेन्ट लिएका थिए।

३२ वर्षका स्टार प्ले-मेकर अर्सेनलबाट फेनेरबाचे गएका थिए एक अन्तर्वार्तामा उनले आफ्नो अन्तर्राष्ट्रिय खेल क्यारियरको बारे पनि बोले।

उनले एक प्रेस सम्मेलनको क्रममा भने: “यदि म सो सडकमा गएँ भने म फेरि फिर्ता जाने छैन, म फेरी जर्मन राष्ट्रिय टोलीबाट खेल्दिन। म उनीहरूलाई सफलताको कामना गर्छु।”

२०१८को विश्वकपमा जर्मनीको निराशाजनक प्रदर्शन रहेको थियो र ओजिलको प्रदर्शन प्रति पनि प्रश्न उठेको थियो भने उनले राष्ट्रिय टिमबाट रिटायरमेन्ट लिने निर्णय गरे र उनले आफू प्रति जर्मनीमा जातीय भेदभाव भएको पनि आरोप लगाएका थिए।