अफ-साइड गोल रोनाल्डोले जर्सी फुकालेर सेलेब्रेट गरे पछि

नयाँ सिजनको इटालियन सिरी ‘ए’ को पहिलो खेलमा रोनाल्डो केही अभागी हुन पुगे। उडिनेस विरुद्ध उनले अन्तिम समयमा गोल गर्दै जर्सी फुकालेर सेलेब्रेट गरे तर अन्त्यमा उक्त गोल अफ साइड भए पछि रद्द हुन पुग्यो।

खेलको ९५ औं मिनेटमा खेल २-२को स्कोरमा रहेको बेला रोनाल्डोले गोल गरेका थिए भने उनी धेरै खुसी थिए र उनले जर्सी फुकालेर सेलेब्रेट गरे तर रेफरीले पछि भीएआरको मद्दतमा उक्त गोल अफ साइड रहेको भन्दै रद्द गरे भने उक्त सेलेब्रेटको लागि उनले पहेँलो कार्ड पाए ।

उक्त खेलमा रोनाल्डोले बेन्चबाट मैदान प्रवेश गरेका थिए भने अन्तिम समयमा टिमको लागि खेल गोल गर्दै खेल जित्नु निकै उत्कृष्ट दृश्य हुने थियो तर अन्त्यमा उनको सेलेब्रेटको कारण हाल उनको धेरै ट्रोल हुँदै गरेको छ।

युभेन्ट्सले सुरुवाती दुई गोलको अग्रता लिए पनि जोगाउन सकेन । युभेन्ट्सले दुवै गोल पहिलो हाफमा गरेको थियो भने उडिनेसले दुवै गोल दोस्रो हफमा गरेको थियो ।

युभेन्ट्सको लागि पाउलो डिबाला र जुआन कोर्डाडाले गोल गरे भने उडिनेसका लागि रोबर्टो पेरेरा र जेरार्ड डिलोफिउले गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा नै पाउलो डिबालाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । उनले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए ।

२३औं मिनेटमा जुआन कोर्डाडाले गोल गर्दै युभेन्ट्सलाई २–० को अग्रता दिलाए । उनले डिबालाको पासमा गोल गरेका थिए । तर दोस्रो हाफमा युभेन्ट्सले उक्त अग्रतालाई जोगाउन सकेन ।