“अफ्रिकी श्राप’को कारणले गार्डियोलाले फेरि कहिले च्याम्पियन्स लिग जित्ने छैन”

हाल म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा चेल्सी सँग पराजित भए पछि क्लबका पूर्व स्टार याया टुरेका एजेन्टको दाबी फेरी भाइरल हुन पुगेको छ। याया टुरे प्रति पेप गार्डियोलाको व्यवहारको कारण अफ्रिकी शमन अथवा झाक्रीहरूले गार्डियोलालाई कहिले च्याम्पियन्स लिग जित्न नदिने दाबी गरेका थिए।

२०१८मा सिटीमा गार्डियोलाले आइवरी कोस्टका स्टारलाई धेरै जस्तो समय बेन्चमा हाल्ने गरेका थिए सो कुराबाट टुरे खुसी थिएनन् तर उनी भन्दा धेरै आक्रोशित अफ्रिकी फ्यानहरू रहेका थिए।

२०१८मा च्याम्पियन्स लिगमा सिटी पोर्टो सँग पराजित भए पछि याया टुरेका एजेन्ट दिमित्री सेलुकले पेपको आलोचना गरेका थिए र पेपले अफ्रिकी फ्यानहरूलाई आक्रोशित गरेको र उनलाई ‘अफ्रिकी श्राप’ लाग्ने सेलुकको दाबी थियो।

“गार्डियोलाले आफुलाई सबै अफ्रिकी फ्यानहरू विरुद्ध गरेका छन्, धेरै अफ्रिकी प्रशंसकहरू म्यानचेस्टर सिटीबाट पछि हटेका छन्,” सेलुकले भने।

“र म पक्का छु कि भविष्यमा धेरै अफ्रिकी झाक्रीहरूले गार्डियोलालाई च्याम्पियन्स लिग जित्न दिँदैनन्।

“यो गार्डियोलाका लागि एक अफ्रिकी श्राप हुनेछ। जीवनले म सही छु कि छैन भनेर देखाउनेछ।”

टुरेका एजेन्टले २०१८मा सो दाबी गरेका थिए भने हाल सिटी पहिलो पटक फाइनल पुगे पछि चेल्सी विरुद्ध हरेको छ र उनको उक्त दाबी हाल भाइरल हुने क्रम जारी रहेको छ