अफ्रिकन राष्ट्रबिरुद्ध नेपालले मैत्रीपुर्ण खेल खेल्ने, पुरा जानकारी

नेपाली राष्ट्रिय फुटबल टिमले अफ्रिकी राष्ट्र मोरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघले मंगलबार नेपालले दशरथ रंगशालामा मोरिसिससँग खेल्ने जनाएको छ ।

दुई खेलको मैत्रीपूर्ण जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ ।

मोरिसिस फिफा वरीयतामा १ सय ७२ औं स्थानमा रहेको छ।

नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

साफ च्याम्पियनसिपको तयारीमा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले पहिलो खेल बराबरी र दोस्रो खेलमा हार व्यहोरेको थियो ।

साफमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।