अफगानिस्तान प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम सेमिफाइनल प्रवेश

युएईमा भर्खरै सम्पन्न खेलमा कान्दहार नाइट्स बल्ख लिजेण्ड विरुद्ध पराजित भएपछि नेपाली स्टार खेलाडी सन्दिप लामिछाने सहभागी टिम नानग्रहर लियोपार्ड सेमिफाइनल प्रवेश गरेको छ ।

बल्ख लिजेण्ड विरुद्ध ६ विकेटले पराजित भएको कान्दहर नाईट्स अङ्क तालिकाको पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको हो ।

 

युएई स्थित सारजहा स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको कान्दहर नाईट्सले ब्र्याण्डन म्याकुलमको ५० रनको मद्दतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

जितको लागि १४२ रनको लक्ष्य बल्ख लिजेण्डले १३ बल बाकी छदै ३ विकेट गुमाएर पूरा गरेको थियो । बल्ख लिजेण्डलाई जित दिलाउने क्रममा खेलका म्यान अफ द म्याच समेत भएका क्रिस गेलले २२ बलमा ८ छ्क्का र ५ चौका सहित ७३ रनको विस्पोटक पारी खेलेका थिए ।

 

कुल ५ टोलि सहभागी प्रतियोगितामा यस अघि नै सेमिफाइनल प्रवेश गरिसकेको बल्ख लिजेण्ड १२ अङ्क सहित शिर्ष स्थानमा उक्लिएको छ । बल्ख लिजेण्ड सङ्गै पक्टिय प्यान्थर्स , काबुल जनाननले यस अघि नै सेमिफाइनलमा स्थान बनाई सकेका थिए भने नानग्रहर लियोपार्ड सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोलि बनेको हो ।

प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाली समय अनुसार आज राती ९:४५ बजे पक्टिय प्यान्थर्स र काबुल जनानन भिड्दैछ्न । अन्तिम खेलमा विजयी हुने टोलि अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिने छ ।

सेमिफाइनल खेल अगामी शुक्रबार र शनिबार हुनेछ्न भने फाईनल खेल अगामी आईतवार हुदैछ ।