अफगानिस्तान प्रिमियर लिगको ड्राफ्ट्मा नेपाली क्रिकेटर पनि समावेश

अगामी अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब ईमिरेटमा हुने पहिलो अफगानिस्तान प्रिमियर लिग २०१८ मा सहभागी खेलाडीहरुको अन्तिम ड्राप्टको घोषणा अगामी सेप्टेम्बर १० मा हुने भएको छ । अफगानिस्तान क्रिकेट वोर्डले दिएको जानकारी अनुसार विश्व भरिका विभिन्न टेस्ट मान्यता प्राप्त रास्ट्र र अन्य एसोसिएट रास्ट्र मध्येबाट ३५० जना खेलाडीहरु अफगानिस्तान प्रिमियर लिग २०१८ को प्रारम्भिक ड्राप्टमा रहेका छ्न ।

टेस्ट मान्यता प्राप्त रास्ट्र सङ्गै एसोसिएट रास्ट्र नेपालका केही खेलाडीहरुलाई प्रारम्भिक ड्राप्टमा सहभागी गराईएको जनाएको छ भने खेलाडीहरुलाई विभिन्न वर्गबाट अन्तिम छ्नोट गरिने जनाएको छ । अन्तिम छ्नोट गरिने वर्गमा आईकन , डाईमन्ड , गोल्ड , सिल्भर ,आईसिसी एसोसिएट र इमर्जिङ रहेका छ्न ।

नेपालको तर्फबाट अफगानिस्तान प्रिमियर लिग खेल्ने खेलाडी बारे पुर्ण जानकारी अगामी सोमबार हुने अन्तिम ड्राप्टबाट हुनेछ ।

पाँच टोलि सम्मीलित उक्त प्रतियोगिता विभिन्न २४ ओटा खेल खेलाईने छ्न ।