अफगानिस्तान नेपालको ऐतिहासिक जित, सराफ र ढकालको उत्कृष्ट प्रर्दशन

बलिङमा सागर ढकाल र ब्याटिङमा पवन सराफले उत्कृष्ट पर्दशन गरेपछि नेपाली यू–१९ टिमले अफगानिस्तानको यू–१९ टिममाथि ऐतिहासिक जित निकालेको छ । नेपाल २५ रनले विजयी भएको छ । १९० रनको लक्ष्य पक्ष्याएको अफगानिस्तानको युवा टोली ४७ ओभर ४ बलमा अल आउट हुदैँ १६४ रन मात्र बनाउन सक्यो ।

नेपाललाई ऐतिहासिक जित दिलाउन सागर ढकालले ४, कमलसिंह ऐरीले र रसिद खानले समान दुई दुई विकेट लिए । साथै पवन सराफ पनि एक विकेट लिए । अफगानिस्तानका लागि कप्तान इजज अहमद मेहरान ५७,रेजज हसन ३८ र अब्दुल रमानमान रामामानी ३७ रन बनाए पनि त्यो जितको लागि प्रयाप्त रहेन ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा अल आउँट हुदैँ १८९ रन बनाउन सक्यो । नेपालका लागि पवन सराफले उत्कृष्ट ब्याटिङ गरे । पवन ले ९६ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ७८ रनमा नट आउट रहे । नेपालका लागि अन्य ब्याटम्यान रसिद खान २४, भिम सार्की १३, कमल सिंह ऐरी ९,तिर्थराज दास ४ र महोम्मद आसिफ शेख ३,सन्दीप जोरा २८ र लोकेश बमले १६ बनाए ।

अफगानिस्तानका नयद मोहम्मद कबीरले ३ तथा अबीद मोहम्मद र आरिफ खान डवलजाज़ीले समान दुई र दुई विकेट लिए ।

नेपालले अव तेस्रो स्थानका लागि अफगानिस्तानसँगनै मंगलबार भिड्ने छ ।