अफगानिस्तान टि-२० बिश्वकपमा, नेपाल यसरी छनौट हुनसक्छ विश्वकपमा छनाेट

२०१८ अक्टोबरमा सम्पन्न टि-२० बिश्वकप छनौट ( एसिया पूर्वी ) प्रतियोगिताको विजेता नेपालले अब दोश्रो खुड्किलोको रुपमा एसिया क्षेत्रीय छनौट खेल्नेछ। एसिया क्षेत्रीय छनौटको मिति सार्वजनिक भएको छैन। क्षेत्रीय छनौटमा एसिया पूर्वी क्षेत्रबाट नेपाल, मलेसिया र सिंगापुर तथा एसिया पश्चिम क्षेत्रबाट युएई, कतार र कुवेत छनौट भइसकेका छन्।

नेपाल, मलेसिया, सिंगापुर, युएई, कतार र कुवेत मध्ये २ वटा टिम ग्लोबल क्वालीफायरको लागि छनौट हुनेछन्। ग्लोबल क्वालिफायरमा नेपाल यदी छनौट भएको खण्डमा नेपालले बिश्वका अन्य क्षेत्रको छनौट प्रतियोगिताबाट आएका ६ वटा टिम र स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ। १४ टोलि सहभागी प्रतियोगिताबाट ६ वटा टिम २०२० टि-२० बिश्वकपको पहिलो चरणको लागि छानिनेछ।

नेपालले खेल्ने आगामी प्रतियोगता – टि-२० बिश्व कप एसिया छनौट ( नेपाल, युएई, सिंगापुर, मलेसिया, कतार, कुवेत ) , उत्कृस्ट २ टिमले ग्लोबल क्वालिफायर खेल्न पाउने
ग्लोबल क्वालीफायर ( स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड र अन्य ८ टिम ( इस्ट एसिया प्यासिफिक विजेता, यूरोप छनौट विजेता, अफ्रीका छनौट विजेता र उपविजेता, एसिया छनौट विजेता र उपविजेता, अमेरिका छनौट विजेता र उपविजेता ) ६ टिम टि-२० बिश्वकपको पहिलो राउण्डको लागि छनौट हुनेछन्।

टि-२० बिश्व कप पहिलो राउण्ड – श्रीलंका , बंगलादेश र अन्य ६ टिम ( ग्लोबल छनौटबाट आउने ।