अंशु फाती बार्सिलोनामा आफ्नो तलब वृद्धिको खोजी गर्दै गरेको खबर छ। यस सिजनमा रोनाल्ड कोम्यानले फातीलाई आफ्नो सिनियर टिममा बढुवा गरेको छ र १७ वर्षका स्टारले २२ नम्बरको शर्ट लगाउनेछन र उनको रिलिज क्लज ४०० मिलियन यूरो पुगेको छ।
TEENAGE SENSATION ANSU FATI DEMANDING HUGE BARCELONA PAY-RISEhttps://t.co/a67vQCvWEF
— Lodgexpress.com (@nicholas_unyime) September 29, 2020
तर क्लब संग उनको नयाँ सम्झौता भएको छैन जुन २०२२मा अन्त्य हुने छ। सिनियर टिममा पुगे पछि अंशु फाती बार्सा संग सुधारिएको सम्झौता र तलब वृद्धिको आशा गर्दै छन्।
स्टार फोवार्ड अझै पनी उमेर मुनिका छन्, मतलब उनले एक पटकमा दुई बर्ष भन्दा बढीको करारमा हस्ताक्षर गर्न सक्दैनन्।
यसैले बार्सिलोनाले अंशु फाती १८ वर्षको पुगे पछि नयाँ र सुधारिएको सम्झौताको प्रस्ताव गर्ने संकेत गरेको छ, र उनको तलब प्रति सीजन १० मिलियन यूरो हुन सक्ने छ।
तर हाल, खेलाडी र क्लबबीच कुनै छलफल भइरहेको छैन, जुन अर्को वर्षमा नयाँ बोर्ड छनौट नभएसम्म हुने अपेक्षा गरिएको छ।