अन्तिम स्थानको क्लबसंग बार्सिलोनाको कठिन जित

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिबार भएको खेलमा बार्सिलोनाले लेगानेस संग कठिन जित निकालेको छ ।

खेलमा लेगानेसका योउस्सेफले १२ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएको थियो ।

दोस्रो हाफको ५३ औं मिनेटमा लुइस सुवारेजले मेस्सीको पासमा गोल गर्दै खेल बराबरीमा ल्यायो ।

७९ औं मिनेटमा भिडालले गोल गर्दै बार्सालाई २-१ को जित दिलाउन सफल भयो ।

हारसंगै लेगानेस २० औं स्थानमै रहेको छ भने बार्सिलोना पहिलो स्थानमा यथावत रहेको छ ।