स्पेनिस लिग ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोलसंग २–२ को बराबरी खेलेको हो ।
लिग तालिकाको पुछारमा रहेको टोलीसँग साविक विजेता बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेको हो ।
डभिड लोपेजले २३ औ मिनेटमा घरेलु टोली स्पानियोललाई अग्रता दिलाएका थिए । लुईस स्वारेजले ५० औ मिनेटमा खेल बराबरीमा ल्याए ।
अर्टुरो भिडालले ५९ औ मिनेटमा बार्सिलोनालाई अघि बढाएका थिए ।
फ्रेन्की डी जोङ ७५ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सिमित बनेको थियो ।
खेल सकिन दुई मिनेट अघि चीनियाँ खेलाडी उ लिले गोल गर्दै घरेलु टोलीलाई अंक दिलाउन सफल रहे । बार्सिलोनाविरुद्व गोल गर्ने उनी पहिलो चिनियाँ खेलाडी बने ।
लिले क्लबका लागि यस सिजन ६ गोल गरेका छन् ।
अंक जोड्दै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । केही घण्टा अघि मात्र गेटाफेलाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा आएको थियो । तर अन्तिममा गोल अन्तरका आधारमा बार्सिलोनाले रियललाई पछि पार्यो ।
शीर्ष स्थानको बार्सिलोना र रियलको समान ४० अंक छ । बार्सिलोना गोल अन्तरका आधारमा शीर्ष स्थानमा रह्यो ।
तालिकाको पुछारको टिम स्पानियोलले ११ अंक जोड्यो ।