अन्तिम सेकेन्डमा गोल गर्दै म्यान्चेस्टर युनाइटेड बिजयी

इङलिस प्रेमिएर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित हासिल गरेको छ ।

म्यानचेस्टर युनाइटेडको जितमा युवा खेलाडी गर्नाचोले निर्णायक गोल गरेका थिए । उनले १-१ को बराबरीमा रहेको अवस्थामा खेलको ९३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई जिताएका थिए ।

यसअघि म्यानचेस्टर युनाइटेडलाई खेलको १४ औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि फुलह्यामका डेनियल जेम्सले खेलको ६१ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

जितपछि म्यानचेस्टर युनाइटेडको १४ खेलमा २६ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै, फुलह्यामको १५ खेलमा १९ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।