अन्तिम समयमा गोल गर्दै रियल म्याड्रिडमाथी बार्सिलोनाको जित

ला लिगा एल क्लासिको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ ।

आइतबार राति भएको रोमान्चक खेलमा बार्सिलोनाले रियललाई २-१ ले हराएको हो ।

खेलको नवौं मिनेटमा डिफेन्डर रोनाल्ड अरुजोले आत्मघाती गोल गरेपछि रियलले १-० को अग्रता बनाएको थियो ।

तर, ४५औं मिनेटमा सेर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।

जितसँगै बार्सिलोनाले रियलविरुद्ध १२ अंकको अग्रता कायम गरेको छ ।

बार्सिलोनाले २६ खेलमा ६८ अंक जोडेको छ ।

रियलले ५६ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ ।