अन्तिम समयमा गोल गर्दै म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लन सफल

इङलिस प्रेमिएर लिग अन्तर्गत मंगलवार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भ्समाथी कठिन १-० को जित हात पारेको छ ।

दुबै टोलिले खेलमा गोल गर्ने केही मौकाहरु गुमाएको थियो ।

तर, खेलको ९४ औं मिनेटमा मार्कोस रास्फोर्डले ब्रुनो फर्नान्डेजको पासमा गरेको गोल खेलमा एक मात्रै र निर्णयक गोल भयो ।

जितसंगै म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लिएको छ भने वुल्भ्स १२ औं स्थानमा रहेको छ ।