अन्तिम समयमा गोल गर्दै आर्मीले थ्री स्टारलाई जित्न बाट रोके

पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबको खेल १-१ को बराबरीमा सकिएको छ । थ्री स्टारका लागि निराजन खड्काले र आर्मीका जर्जप्रिन्स कार्कीले गोल गरे ।

खेलको ३०औं मिनेटमा थ्रीस्टारका मिक्चेन तामाङको फ्रिकिक गोलरक्षकले बचाए । ३७औं मिनेटमा सन्तोष तामाङको प्रहारले पोष्टको दिशा लिन सकेन। ४५औं मिनेटमा सन्तोषको फ्रिकिक गोलरक्षकले बचाए ।

दोस्रो हाफको ७० औं मिनेटमा थ्री स्टारले अग्रता लियो । पिटर सेगुनको पासमा अजायी मार्टिन्सले पेनाल्टी क्षेत्रभित्र दिएको पासमा निराजन खड्काले हाफ भलीमा गोल गर्दै अग्रता दिलाए । जर्जप्रिन्स कार्कीले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै आर्मीलाई बराबरीमा ल्याए ।

यस बराबरीसँगै थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा अडिएको छ । थ्री स्टारले ९ खेलमा ८ जित, १ बराबर र १ हारसहित २२ अंक जोडेको छ । संकटा २४ अंक जोड्दै दोस्रो स्थानमा छ । मनाङ ९ खेलमा २७ अंकसहित शीर्षस्थानमा छ । आर्मी भने ९ खेलमा ५ जित, ३ बराबर र १ हारसहित १८ अंक बोकेर चौथो स्थानमा छ ।