अन्तिम समयमा केन चम्किँदा टोटनह्यामको प्रिमियर लिगमा सुखद सुरूवात

शनिबार राति सम्पन्न प्रिमियर लिगमा टोटनह्यामले एस्टन भिल्लालाई ३- १ ले हरायो।

एस्टन भिल्लाले खेलमा पहिलो अग्रता लिएको थियो। ९ औँ मिनेटमै जोन म्यागिनले गोल गर्दै १-० को अग्रता दिलाए। भिल्लाले अग्रता जोगाउन नसक्दा दोस्रो हाफको अन्तिम तिर ३ गोल खाए।

७३औं मिनेटमा टोटनह्यामका लागि ट्याङ्गाई डोम्बेलेले गोल गदै खेल १-१ को बराबरीमा पुग्यो। त्यसपछि खेलको ८६औं मिनेटमा केनले गोल गर्दै २-१ को अग्रता दिए । केनले फेरि ९० औं मिनेटमा गोल गरे र टोटनह्यामले खेल ३-१ ले जित्यो ।

यो जितसँगै टोटनह्यामले प्रिमियर लिगमा सुखद् सुरुवात गरेको छ।