अन्तिम मैत्रीपुर्ण खेलमा सिटिको फराकिलो जित

एजेन्सी, प्रि-सिजनको मैत्रीपुर्ण खेलमा म्यान्चेस्टर सिटिले च्याम्पियन्सिप क्लब ब्ल्याकपुललाई फराकिलो गोल अन्तरले पराजय गरेको छ ।

सिटिको जितमा गुन्ढोगनले दुई गोल गर्दा माहारेज र इडोजीले एक एक गोल गरेका थिए ।

प्रि-सिजनको अन्तिम मैत्रीपुर्ण खेलमा सिटिले ब्लाकपुललाइ ४-१ गोल अन्तरले पराजित गरेको थियो ।

स्यामुएल एडोजीले खेलमा सिटिलाइ सुरुवाती अग्रता दिलाए । गोल पोष्टको नजिकबाट गरेको प्रहारले जाली चुम्दा सिटिले अग्रता लिएको थियो ।

उता, ब्ल्याकपुलले पेनाल्टी मार्फत गोल फर्काएको थियो । लुक गार्बटले पेनाल्टीमा गोल गर्दै नतिजा बराबरीमा ल्याए ।

दोश्रो हाफको सुरुवातमा माहारेजले गोल गर्दै अग्रता सिटिले लियो ।

त्यसपछि अन्तिम दुई गोल गुन्ढोगनले गर्दै खेल सिटिले जित्न सफल रह्यो ।

सिटिले आइतबार वेम्ब्लेमा एफए कप विजेता लेष्टर सिटिसंग एफए कमुनिटी शिल्डको लागि भिड्ने छ ।