अन्तिम मिनेटमा श्रीलंकाले गोल गरेपछि नेपाल बराबरीमा रोकियो

१३ औं दक्षिण एसियाली खेलकुद पुरुष फुटबल अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा १-१ को बराबरी खेलेको छ ।

पहिलो हाफमा १-० अग्रता बनाएको नेपालले दोस्रो हाफमा गोल खाएको थियो ।

सुजल श्रेष्ठले पहिलो हाफमा पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएको थियो ।

दोस्रो हाफको अन्तिम समयमा नेपालले गोल खान पुग्यो ।

श्रीलंकाले फ्री किक मार्फात गोल गर्दै खेल बराबरीमा ल्याएको हो ।