अन्तिम मिनेटमा गोल गर्दै मच्छिन्द्र क्लब शीर्ष स्थानमा

कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित निकालेको छ ।

सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको हो ।

एन्फा कम्प्लेक्समा मछिन्द्रलाई जित दिलाउन एडिलाजा सोमिडेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं मिनेटमा एडिलाजाले निर्णायक गोल गरेका हुन् ।
जितसँगै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्रले ४ खेलमा ९ अंक जोडेको छ ।

समान अंक भएपनि मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै मछिन्द्र शीर्ष स्थानाम उक्लिएको हो । तर, मनाङले एक खेल कम खेलेको छ ।

४ खेलमा ४ अंक जोडेको एनआरटी लिगको छैटौं स्थानमा रहेको छ । लिगमा एनआरटीको यो दोस्रो हार हो ।