२०२२ फिफा विश्व कपको उपाधिको लागि अर्जेन्टिना र फ्रान्स बिच फाइनलमा भेट हुने छ भने सो खेल अगाडी हाल २०१८मा दुई बिचको खेलको भिडियो फेरी भाइरल भएको छ जसमा त्यो बेला १९ वर्षका एम्बाप्पेले अर्जेन्टिनाको डिफेन्स ध्वस्त गरेका थिए।
Kylian Mbappé vs Argentina ~ World Cup 2018pic.twitter.com/o0FNZFHK3S
— Diego / 🇸🇳🇵🇹🇭🇷 (@DiegoReis5_) December 9, 2022
पछिल्ला पटक विश्व कपमा फ्रान्सले अर्जेन्टिनाको सामना २०१८को राउन्ड-अफ १६मा गरेको थियो र निकै रोमाञ्चक भएको उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३को स्कोरले पराजित गरेको थियो भने उक्त खेलमा युवा स्टार एम्बाप्पेको अविश्वसनीय प्रदर्शन रहेको थियो र उनलाई रोक्न अर्जेन्टिना डिफेन्सलाई निकै गाह्रो भएको थियो।
उक्त खेलमा १३औँ मिनेटमै एम्बाप्पेको मद्दतमा फ्रान्सले पेनाल्टी पाएको थियो जसमा ग्रिजम्यानले गोल गर्दै फ्रेन्च टिमलाई अग्रता दिलाएका थिए भने एम्बाप्पे आफैले पनि उक्त खेलमा दुई गोल गरेका थिए।
The day the world knew Mbappe was special ⚡
You can be sure Argentina fans remember that day!#FIFAWorldCup
— FIFA World Cup (@FIFAWorldCup) December 15, 2022
एम्बाप्पेको द्रुत गति र ड्रीबल रोक्न अर्जेन्टिनाका खेलाडीहरूलाई लगभग असम्भव जस्तो भएको थियो भने अर्जेन्टिना माथि ४-३को जित निकाल्दै फ्रान्स क्वाटर फाइनलमा पुगेको थियो र २०१८को फिफा विश्व कप फ्रान्सले नै जितेको थियो।
यो वर्षको फिफा विश्व कपमा पनि दुई टिमको भेट हुने भएको छ र यो विश्व कपमा पनि एम्बाप्पेको उत्कृष्ट फम जारी रहेको बेला अर्जेन्टिनालाई यस पटक पनि एम्बाप्पेबाट ठुलो खतरा हुन सक्ने छ।
फ्रान्स र अर्जेन्टिना बिचको २०२२ विश्व कप फाइनल खेल नेपाली समय अनुसार आइतबार ८:४५मा सुरु हुने छ।