अन्तिम खेलमा पिएसजीको लज्जास्पद हार

गएराती सम्पन्न खेलमा पिएसजी रेइम्ससँग ३-१ गोल अन्तरले पराजित गरेको हो । रेइन्सले सन् १९७८ पछि पिएसजीविरुद्ध ठुलो जित निकालेको छ । रेइन्सको जितमा बाबा रहमान, माथीयू काफारो र चाभारियाले एक एक गोल गरेका थिए भने पिएसजीका लागि किलियन एम्बाप्पेले एक गोल गरेका थिए ।

यस खेलमा पिएसजीका लागि नेइमार सस्पेन्ड भएका कारण खेलेका थिएनन् । पिएसजीले यस सिजनको लिग उपाधि जितिसकेको भएपनि हारसँगै सिजनको अन्त्य गरेको छ ।
पिएसजी यस सिजनको च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिर हुन पुग्यो भने र फ्रेन्च कोपाको फाइनलमा रेन्नेजसँग पराजित भएको थियो ।

पिएसजीका लागि एम्बाप्पेले यस सिजनको लिग वानमा ३३ गोल गर्दै लिगमा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।