अन्तिम खेलमा इनिएस्टाको टिमबिरुद्ध टोरेसको दु:खद बिदाइ

स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेसले आफ्नो व्यावसायिक फुटबल करियरको अन्तिम खेल खेलेको छ ।

जापानको लिग जे१ लिगबाट खेल्दै आएका टोरेसले आफ्नो अन्तिम खेल इनिएस्टाको टिम भिसेल कोबेबिरुद्द खेलेको हो ।

अन्तिम खेलमा टोरेसको टिम सागन तोसु भिसेल कोबे संग १-६ को लज्जास्पद हार बेहोरेको छ ।

टोरेसले दुई महिना अघि सन्यास लिने घोषणा गरेको थियो ।