अन्तर्राष्ट्रिय फुटबल वेबसाइटद्वारा किरण चेम्जोङको मूल्यांकन: उनको बजार मूल्य यति रहेको दाबी

प्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल ट्रान्सफर वेबसाइट Transfermarktले किरण चेम्जोङको बजार मूल्य १.०४ करोड (भारतीय रुपैया) रहेको भनेर पोस्ट गरेको छ।

भारतीय क्लब मिनर्वा पञ्जाबबाट खेल्ने गरेका नेपाली स्टार गोलकिपरलाई फेरी मिनर्वा पञ्जाबले साइन गरेको बारे पोस्ट गर्दै Transfermarktले उनको हाल बजार मूल्य १.०४ करोड रहेको भनेर पोस्ट गरेको छ।

उक्त वेबसाइटले फुटबल खेलाडीहरुको मूल्यांकन गर्ने गर्छ र सो वेबसाइट फुटबल फ्यानहरुमा धेरै प्रसिद्ध छ भने क्लबहरुले पनि खेलाडी साइन गर्न सो वेबसाइटको मद्दत लिने गर्छन।

सो वेबसाइटमा सबै खेलाडीको मूल्यांकन हुने गर्छ तर आफ्नो इन्स्टाग्राममा Transfermarktले प्रसिद्ध खेलाडीहरुको मात्र पोस्ट गर्ने गरेको छ र हालै Transfermarktको इन्डियन इन्स्टाग्राम खाताले किरण चेम्जोङको मूल्यांकनको पोस्ट गरेको छ।