अन्तर्राष्ट्रिय प्रतियोगितामा जम्न खोज्दै लेवान्डोस्की

एजेन्सी, रोबर्ट लेवान्डोस्की र गोल पर्यावाची शब्द जस्तै बनेको छ। किन नहोस आखिर हरेक खेलमा गोल जो गर्छ। उन्ले नियमित रुपमा गोल गरेको झन्डै दशक पुग्यो। क्लब स्तरमा होस वा राष्ट्रको लागि खेल्दा उनिबाट गोलको अपेक्षा राख्दछ उन्का समर्थक।

बोरुसिया डोर्ट्मुण्ड र बायर्न म्युनिखबाट जति प्रभावशाली प्रदशन गरेका छन त्येती नै पोल्यान्डका लागि पनि गरे। उनी आफ्नो राष्ट्रका शिर्ष गोलकर्ता हुन। उनी पोल्यान्डका लागि ६६ गोल गरिसकेका छन।

यद्यपि, उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा भने प्रदशन नाम अनुरुप हुनसकेको छन भन्दा फरक नपर्ला। उन्ले पोल्यान्डबाट दुई प्रतियोगिता खेल्दा मात्र दुई गोल गरेका छन।

पक्कै पनि पोल्यान्ड प्रतियोगितामा बिगतमा पनि त्येती उल्लेखनीय प्रदशन गर्न सकेको छन। तर, लेवान्डोस्की जस्ता स्तरका खेलाडीले प्रतियोगितामा फितलो प्रदशन गर्नु पोल्यान्डलाई सुखद खबर भने होइन।

विश्व कप र युरो कपमा १२ खेल खेल्दा उन्ले दुई गोल गरे। दुबै गोल युरो कप १२ र १६ मा आएको थियो। ग्रिसविरुद्ध २०१२ युरो कप र पोर्चुगलबिरुद्ध २०१६ युरोमा गोल गरेका हुन।

उन्ले ३५ पटक गोल पोस्टमा प्रहार गर्दा मात्र दुई गोल गर्न सफल भएका हुन।

पोल्यान्डले समुहको दोश्रो खेलमा स्पेनको सामना गर्दैछ। पहिलो खेलको हारलाई बिर्सदै दोश्रो खेलमा जित हात पर्न चाहन्छ।