स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक जाभी अर्को सिजनको अन्तिमसम्मै प्रशिक्षक रहने भएका छन् । उनको सम्झौता सन् २०२५ को जुनसम्म छ ।
गत ज्यानुअरीमा जाभीले यही समरमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए । त्यसबेला खराब नतिजाबाट गुज्रिएको बार्सिलोनाले अहिले प्रदर्शनमा सुधार गरेको छ ।
त्यसबेला क्लबको साथ नपाएको महसुस गरेका जाभीले हालै क्लबका अध्यक्ष योहान लापोर्तासँग उनकै घरमा मिटिङ गरेका थिए ।
त्यसक्रममा अध्यक्षले जाभीलाई क्लब नछोड्न आग्रह गरेका हुन् ।
कतारी क्लब अल साद छोडेर सन् २०२१ को नोभेम्बरमा बार्सिलोनामा भित्रिएका पूर्व मिडफिल्डर जाभीले २०२२–२३ को सिजनमा क्लबलाई उपाधि जिताएका थिए ।